हुनत चार जात छत्तीस वर्ण भनाईलाई असावधानीवस गलत भनेको हो । चार वर्ण छत्तीस जात भन्नु सही हो भन्नेहरु पनि नभएका हैनन ।
सनातनलाई वैदिक जोडेर त्यसको व्यापकता कम गर्न पनि यस्तै सोच लागिपरेको देखिन्छ ।
भारतिय मठाधिशहरुको अवधारणा अनुसार भनिने हिन्दुमा सनातन संकुचन गर्दा चार जात हैन वर्ण नै हो , ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र । अनि छत्तीस जात चाही ती चार भित्रका थरहरु ।
तर त्यो संकुचनवाट वाहिर निक्लने वित्तिकै चार वर्णले गुरुता गुमाउछ , चार जात ब्राम्हण, क्षेत्री , वैश्य, शुद्र । जात व्यवस्था भित्र पर्ने यी चार र तीनीहरु अन्तरगतका थर गोत्र आदि सबै चार जातको व्यवस्था भित्रका हुन ।
छत्तीस वर्ण चाही ती जात व्यवस्था भन्दा वाहिरका अनेकौ समुदाय, वर्ण आदि । छत्तीसले यहा संख्या जनाउदैन धेरै भन्ने जनाउछ ।
आधुनिक नेपालका निर्माताले यो मुुलुक पहिलेका मल्ल, सेन, शाह आदिले जस्तै आफ्नो सम्पत्ति मानेनन ।
त्यसैले उनले क्रमभंग गरे मुलुक राजाको वा शासकको अंश लाग्ने सम्पत्ती होइन यो त जनता समेत सबैको साझा सम्पत्ति हो भनेर ।
त्यसै क्रममा नेपाल सवैको , वर्ण व्यवस्थामा रहेका र नरहेका सवैको साझा हो भन्ने मान्यता कायम गरे । चार जात छत्तीस वर्णको यही अवधारणा हो ।
नेपाल वैदिक कर्मकाण्डीको पनि हो र प्राकृत परंपरा मान्ने अवैदिकको पनि उत्तिकै हक लाग्ने गरेर साझा हो । यसलाई चार वर्ण छत्तीस जात भन्ने वित्तिकै त्यो विशालता, त्यो व्यापकता खुम्चिन जान्छ ।
र वर्तमानमा त्यही व्यापकता खुम्चाउने प्रयत्न कतैबाट भई रहेको छ । त्यसमा अनजान मै त्यो शाहवंश मान्नेहरुबाटै सहयोग भई रहेको छ ।
राजावादी भनिने, मानिने, ठानिने सबै कुनै न कुनै रुपले सनातनबाट संकुचन भएको हिन्दुको अवधारणाका अभियन्ता भएका छन ।
राप्रपा जस्ता राजाको पक्षमा मानिएका, ठानिएका दलहरु हिन्दुत्वको झण्डालाई अरु सबै भन्दा उग्र रुपमा उठाउछन । उनीहरुको एजेण्डामा हिन्दु राष्ट्र वनाउने कुरा प्रथम प्राथमिकतामा परेको छ ।
राजसंस्था या राजाको कुरा भने घुमाउरो तरिकाले बुभ्mन पर्ने भएको छ ।
तर विडम्वना , निर्वाचनमा उनीहरुले प्राप्त गरेको मतलाई राजसंस्थाको समर्थनको रुपमा बुझिन्छ ।
जव कि यस्ता दलहरुलाई राजसंस्था समर्थकको सहानुभुति सम्म पनि छैन । यहा सबै समर्थकको कुरा गरिएको हैन बहुल समर्थक जो यस्ता नेताहरुको चिप्लो भाषण चिन्छन ।
कुरो यत्ति मै सिमित छैन , पाखा लगाईएका राजालाई पनि केवल हिन्दुको बनाईदैछ ।
पछिल्ला दश बाह्र बर्षमा उनको सार्वजनिक उपस्थिति केवल मठ मन्दिर अनि हिन्दु धार्मिक अनुष्ठान मात्र रहेको छ ।
अपवादमा एकदुई उपस्थितिहरु धार्मिक बाहेक अरुमा पनि भएको छ । तर त्यो उल्लेखनिय भएको भने छैन ।
यसमा स्वयं राजाको नै मनसाय भएको भन्न भने मिल्दैन । किनभने हरेक अभिव्यक्तिमा उनले जनतालाई महत्व दिदै आएका छन ।
अव उनलाई नेपालका जनता केबल हिन्दु मात्र हैनन भन्ने कुरा थाहा छैन भन्ने मान्न सकिन्न ।
तैपनि के कुरो उनलाई केवल हिन्दुको मात्र राजा हुन भन्ने छनक दिने वनाएको छ ? आधुनिक नेपाल निर्माता बडामहाराजको अवधारणा विपरित हुने यस्तो काम पक्कै उनीबाट जानेर भएको छैन ।
त्यसमाथी आफ्ना बुवाज्युले पनि नेपाल नेपालीको साझा अवधारणाको निमित्त काम गरेको देखेपछि त्यसको असर परेकै छैन भन्ने कुरा कसरी मान्ने ?यसको सिधा अर्थ हो कोही कतैबाट नेपालको गरिमामय राजपरंपरामा प्रहार गर्दैछ अनि राजावादीहरु त्यो उक्साहटमा फन्दामा पर्दैछन ।
गणतन्त्रले आफुले पाखा लगाएको राजालाई नेपालको सामान्य नागरिक भन्छ । त्यो सामान्य नागरिकले कानुनले , संविधानले दिएका सबै काम गर्न पाउछ ।
चाहेमा राजनीति पनि विपक्षिले जस्तो सत्ताधारीको खोइरो खन्न पाउने अधिकार पनि त्यसमा पर्दछ ।
यस अवस्थामा उनलाई ऐतिहासिक, सांस्कृतिक स्थलहरुको भ्रमण गर्न कसैले रोक्न सक्दैन ।
मोरङ्गको विराट राजाको दरवार भनिएको स्थल भ्रमण गर्न , झापाको किचकत्रध भ्रमण गर्न रोक्न सक्दैन ।
मुलुकका सबैजसो क्षेत्रमा यस्ता ऐतिहासिक सांस्कृतिक स्थलहरु छन । राज्यबाट उपेक्षित सरह रहेका यस्ता स्थानहरुको अवलोकन पहिले शासनमा हुँदा नभ्याएको क्षतिपुर्ति पनि हुन्छ ।
तर के यो सम्भव होला , राजावादीहरु त राजालाई केवल हिन्दुको बनाउन मेहेनत गर्दैछन ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७६।९।७




















