गर्छु वर्णन आधुनिक 

ब्राह्म,बिष्णु ,महेश्वरकाे

सुनिदिनु हाेला नमाने र झर्काे,

साउन पछि गुप्तवास छन् रे देउता 

तरै पनि आउदैछन् उनका हर्कत एउटा एउटा ,


बिष्णु नाभिमा उम्रिएका ब्राह्म पुष्पकमल

भन्छन् उनी 'उज्यालो बनाउछु झलमल ,

म मा नातावाद कृपावादकाे लेस पनि छैन ,

संगठन ,निर्णय ,विधान ,जनवादी केन्द्रीयता

यताउता हुने होइन 

मैले जे बाेले सत्य हुन

मेरा विरुद्ध चुइक कुराे उठ्नु हुन्न

अरुकुरा त्यस्तै हुन मेरा

ज्वाइँ छाेरी चाहिँ छुट्नु हुन्न,'

अरुलाई एकपटक नियम भित्र पार्छन् 

आशिर्वाद पाउने ज्वाइँसाहेव चाहिँ नटुटाई ह्याटि्रक मार्छन्

 

अर्का प्रभु चक्र खड्ग बाेक्ने

मन नपरेकालाई ठाउँकाे

ठाउँ ठाेक्ने,

उनी भन्छन् 'दुईपटक ,सत्तरी वर्षे हदका कुरा

मैले नै बनाकाे हु कान खाेलेर सुन भुरा

सक्नेले बनाउने हाे नियम,नसक्नेले पालन गर्ने ,

मलाई मन परुन्जेल बस्न पाउला नपरेको दिन झर्ने ,

म‌ैले सिधा भने सिधा भन्ने ,बाङ्गाेे भने बाङ्गाे

दिमाग लगाउन थाल्यौं भने पारी दिन्छु नाङ्गो 

पार्टी भित्र मान्छे होइन बन्नुपर्छ ज्यावल,

चाइचाइ चुईचुई गरे बन्नुपर्ला भीम रावल



कैले पा जी कैले वा जी

के हाै तिमी बन्धु,

झर्कदै भने'म हिन्दु हु हिन्दु हिन्दु 

त्यसाे भए  एक एक प्रमाण देउ त

मेरो ब्रतवन्द ,बिबाह हिन्दु परम्परा मै भएको 

म हिन्दु हु हिन्दु ,हिन्दु 

त्यसाे भए संविधान बन्दा मन नपरेको कुरा किन राखा‌ै त?

त्यही राख्दा सत्तामा राेटी सेक्न पाइन्थ्यो 

राेटी सेक्न नपाउने भए त्यो किन पाे चाहिन्थ्याे

राेटी सेक्न मिलुनजेल मिठाे वास्ना अहिले भयो गन्दा,

अब आगाे बल्छ कि त म हिन्दु ,हिन्दु ,हिन्दु हु भन्दा

गाेपाल निर्भीक 

विराटनगर