इन्टरनेटको शुल्क बढ्दा सेवाग्राही मारमा, दसैँ–तिहारको अफर सकिएपछि मूल्य बढेको गुनासो
- कार्तिक ११, २०८३
- ११४ पटक पढिएको
विराटनगर ।इन्टरनेट सेवाको शुल्क बढेपछि सेवाग्राही मारमा परेका छन्। दसैँ–तिहारको अवसरमा ८ हजार ५०० रुपैयाँमा जडान गरिएको इन्टरनेट सेवाको अरुबेका १२५०० मा जडान हुने नेटकोशुल्क बढेर १४ हजार ७०० रुपैयाँ पुगेको सेवाग्राहीले गुनासो गरेका छन्।
विशेषगरी बिना जानकारी डिसहोमले इन्टरनेट सेवाको शुल्क बढाएपछि सर्वसाधारणलाई इन्टरनेट चलाउनसमेत कठिन भएको सेवाग्राहीको भनाइ छ। पर्वको अवसरमा दिइएको अफरमा कम शुल्कमा इन्टरनेट जडान गरेका ग्राहकले अहिले शुल्क बढ्दा आर्थिक भार थपिएको र यो बारेमा सरकारले चासो नदिएको गुनासो गरेका हुन्।
इन्टरनेट कम्पनीहरूले शुल्क बढेको विषयमा विभिन्न कारण देखाउँदै सबै कम्पनीले दर बढाएको दाबी गर्ने गरेको सेवाग्राहीको भनाइ छ। तर, शुल्क बढाउँदा सर्वसाधारणको आर्थिक अवस्थालाई समेत ध्यान दिनुपर्ने उनीहरूको माग छ।
इन्टरनेट अहिले दैनिक जीवन, शिक्षा, सञ्चार तथा व्यवसायका लागि आवश्यक सेवा बनिसकेको अवस्थामा शुल्क वृद्धि हुँदा सर्वसाधारण प्रभावित भएका छन्। सेवाग्राहीले इन्टरनेट शुल्क सर्वसुलभ बनाउन तथा मूल्यवृद्धिबारे स्पष्ट जानकारी दिन सम्बन्धित कम्पनीसँग माग गरेका हुन्।




















