काठमाडौं । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेपछि नेपालतर्फ भोटेकोशी नदी आसपास जोखिम बढेको छ।
चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएपछि रसुवा प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार ताल फुटेपछि लेदो र पानीको बहाव नेपालतर्फ आउन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ। प्रशासनले चिनियाँ पक्षसँग निरन्तर समन्वय गर्दै घटनाको अवस्थाबारे थप सूचना संकलन गरिरहेको जनाएको छ।



















