विराटनगर। कृष्ण लाईफले आगामी भदौ १९ गते विराटनगर–९ स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन हुने जनाएको छ। कार्यक्रममा ४५ हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ भने २० देखि २५ हजार जनालाई प्रसाद वितरण गर्ने तयारी छ।

कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरू, विराटनगर महानगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा भारतका वरिष्ठ प्रचारक गौर दासलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।