मलाई बिश्वास छैन कि,यो दुनियाँमा प्रेम छ। यदी थियो भने पनि मरि सकेको हुनुपर्छ,मुनामदनको पात्र जस्तै। या,भ्रम मात्र पनि हुनसक्छ ढुङ्गालाई भगवान सम्झेर पुज्ने हाम्रो परम्परा जस्तै।

यसर्थ, मैले भनेको यत्ती हो,तिमी मलाई सम्झे जस्तो गर्न छोडी देउ ,जति सक्दो चाँडो। प्रेमको कुरा त झन गर्दै नगर मसित। साँचो कुरा भन्नू पर्दा,यो संसारमा हुँदै नभएको प्रेम त,कस्ले कस्लाई पो गर्छ र यहाँ।आमाबुवा र केही अपबादको बिषयमा अलग्गै बहस गरौला कुनैबेला।

बाँकी सबैले दोहोर्‍याउने भनेको त्यही स्वार्थको शृङ्खला नै हो। नाम जस्ले जे सुकै देउन। लेनदेन,आयब्यय,नाफाघाटा केवल स्वार्थ न हो।

एउटा कुरा ,तिमी आफै याद गर ,के तिमीले मन्दिर गएर भगवान! धन्यबाद भनेकी छौ कुनैदिन? चाहे त्यो तिमीले राम्रै सफलता प्राप्त गरेको दिन किन नहोस्। बरु केही न केही हात थापेरै फर्किन्छौ फेरि पनि।

यसैले मैले भन्ने गरेको छु । स्वार्थ पनि  step छन,level छन,प्राणघातक क्यान्सरको जस्तै।ist step,ii step,iii step हो त्यही हो ,स्वार्थ पनि कतै कतै दोहोरो प्राय प्राय एकोहोरो एकोहोरो,धेरै जसो एकोहोरै मात्र बगेको पाइन्छ।

दोहोरो बग्नुसम्म स्वभाविकै पनि हो।यसो हुँदा कम्तिमा तनमन धनको सर सापटी चलिरहन्छ मानव जिबनमा। ऐंचोपैचो चलिरन्छ समाजमा। जब एकोहोरो चल्छ नी स्वार्थको हावा, अनि भाँडीन्छ समबन्धको लय ठ्याक्कै तिम्रो र मेरो जस्तो।

  जस्तो कि मैले तिमीले जे भन्दा पनि मानीदिनै पर्ने मैले।सहि दिनै पर्ने जे भन्दा,पनि जसो गर्दा पनि। एउटा इशाराको भरमा तिम्रो अघाडी हाजिर दिनु पर्ने। मैले १० पल्ट बोलाउदा पनि,तिमीले,नसुने झै गर्दै नबोल्दिए पनि हुने। तिम्रा ठुला ठुला देखि ससाना खुसीहरूमा पहिलो wish पनि मैले नै गर्दिनु पर्ने। 

उदाहरणका लागि तिमी तिम्रो ढोका बाहिर निस्किदा मैले see u भन्नै पर्बे। तिमीले मेरो जन्मदिन समेतमा वास्ता नगर्दा नी हुने। म बेरामी भएर अस्पताल बस्दा पनि एकवचन कस्तो छ भनेर सोध्न पनि नपर्ने। यति सम्म कि तिम्रो एक वचन बोलीका निम्ति मैले तिम्रो mood watch गर्नु पर्ने।

यो कुन STep को प्रेम हो तिम्रै भाषामा।यस्तो नी प्रेम हुन्छ,महोदया।यो त खोइ के भनौ भनौ......। शब्द छैन मसँग तिम्रो बर्णनका निम्ति।

र फेरि अर्को कुरा,जीवन जगतमा त छायौ,छायौ। मेरो कलमको निभले पनि तिम्रै हुकुम प्रमाङ्गी मानेर ज्यूहहुरी गरीदिनु पर्ने। तिम्रा हरेके गजलको शेर,हरेक मुक्तकको तुक,हरेक कविताको बिम्ब छनोट पनि मै बनी दिनु पर्ने।

उफ! प्रेम।गज्जव छ यार! sacrifices को पनि एउटा सिमा हुन्छ होला नी।कमसेकम केही त गर,आफ्नो तर्फबाट।कम्तिमा दोहोरो होस् न स्वार्थकै व्यापार पनि,दोहोरै होस् न लेनदेन पनि। दोस्रो पक्षलाई पनि हेरन कम्तिमा।जिद्दीको नाममा आफू बाहेक अरुलाई आँखै नदेख्ने कस्तो अचम्म। यसैलाई प्रेम नामदिने,सक्केन अब।यो भन्दा अति के हुन्छ प्रीया।बेला बेला त यस्तो लाग्छ,तिम्रै कारणले आत्महत्या गर्दैछ प्रेम। यो संसारमा कहि कतै बचेको छ भने पनि।

तसर्थ निसंकोच भन्नू सक्छु म,कम्तिमा तिम्रो मुखबाट,माया,प्रेम,सम्झनाका शबदहरु फुत्केको सुहाउदैन ओइ पागल।केवल भद्दा मजाक लाग्छन यी मुटुछुने शब्दावलीहरू। तिम्रो स्वार्थी ओठबाट फुत्केपछी।

एम पि पाण्डे