मेरा शून्य दृष्टिहरुले दिइरहेछन्
उस्को मृत्युको आभाष,
मर्ने इच्छा कसलाई हुँदो हो
कलकलाउँदो बैंसमा ,,
तर पनि -मृत्युको अगाडि, जीवन सधैं बिवस छ,,
लालायित उस्का सम्पुर्ण अस्तित्वहरुले ,
बाँच्ने उत्कंठा पोख्दछन् ,,
सजल ती नेत्रहरु जस्ले ,
(मृत्युबोध )को पिडा दर्साउँछन् ,,
फडफडाउन खोजेका ती ओठहरु जस्ले,
मधुरलयमा बोल्न खोज्छन् ,,
उस्को त्यो नरम स्पर्श जसले-
केवल जीवन मांगिरहेछ ,,
लाग्छ उस्का सम्पुर्ण अंगहरुले ,
जीवन कै याचना गरिरहेछ ,,
तर-बिवश "म"
बस-हेर्दछु केवल रित्तिएको दृष्टिले ,,
सक्नेभए दिन्थें म उसलाई ,
"अमर" हुने बरदान ,,
उस्को ज्वलंत पिडामा -
अभिभुत मेरो आत्मा,
असैह्य पिडाले झिंझोडि रहेछ ,,
म आँफैमा बिवसताको अपराधबोध -
महसुस गरिरहेछु महसुस गरिरहेछु ।।
रेणु उपाध्याय




















