मेरा शून्य दृष्टिहरुले दिइरहेछन्

उस्को मृत्युको आभाष,

मर्ने इच्छा कसलाई  हुँदो हो 

कलकलाउँदो बैंसमा ,,

तर पनि -मृत्युको अगाडि, जीवन सधैं बिवस छ,,

लालायित उस्का सम्पुर्ण अस्तित्वहरुले ,

बाँच्ने उत्कंठा पोख्दछन् ,,

सजल ती नेत्रहरु जस्ले ,

(मृत्युबोध )को पिडा दर्साउँछन् ,,

फडफडाउन खोजेका ती ओठहरु जस्ले,

मधुरलयमा बोल्न खोज्छन् ,,

उस्को त्यो नरम स्पर्श जसले-

केवल जीवन मांगिरहेछ ,,

लाग्छ उस्का सम्पुर्ण अंगहरुले ,

जीवन कै याचना गरिरहेछ ,,

तर-बिवश "म"

बस-हेर्दछु केवल रित्तिएको दृष्टिले ,,

सक्नेभए दिन्थें म उसलाई  ,

"अमर" हुने बरदान ,,

उस्को ज्वलंत पिडामा -

अभिभुत मेरो आत्मा,

असैह्य पिडाले झिंझोडि रहेछ ,,

म आँफैमा बिवसताको अपराधबोध -

महसुस गरिरहेछु महसुस गरिरहेछु ।।

                रेणु उपाध्याय