मेरो त्यो अतीत जहाँ म थिएँ
अनि थिए मेरा अंतहिन बाटाहरु,जो मेरा साथी बनेका थिए
ती बाटाहरुको अथकित यात्रामा ,,
म एक्लै हिंड्दै रहें हिंड्दै रहें
नाङ्गा थिए खुट्टाहरु र यात्रा कठिन,,
समयले बोकाइदिएथ्यो टाउकोमा
अनगिन्ती दबाब र पिडाको भारी ,,
तैपनि हिंड्नै पर्ने हिंडिरहनु थियो
सायद: त्यो थियो मेरो जिवनको लाचारी ,,
आँफैमाथि हाँस्दैरह्यो मेरो बिश्वास
समयले खेल्दैरह्यो सदा आँखमिचौली ,,
शुर्यको किरणले तातेको बाटाेहरुमा
भौंतारिदै खोज्दैरहें जिवनका अर्थहरु ,,
बर्षा र जाडाेको प्रहारहरु झेल्दै
लुकामारी खेल्दथे मेरा खुशिहरु,,
रात आँउथ्यो अपरिचित मानिसले झैं
झम्टिन्थ्यो मेरा खुशिहरु डस्न निम्ति,,
व्यर्थै बित्दथ्यो बिहानिको सुमधुर क्षण पनि
बाँड्न नसकेर आनन्दका पलहरु,,
तसर्थ:म एक्लै थिएँ एक्लै अघि बढी रहें
साथी थिए मेरा ती शून्य बाटाहरु,,
रेणु उपाध्याय ।




















