जुनदिन देखी मेरो खुसीको सारा बचत सकियो
शुभचिन्तकहरूको पछि लाग्ने आदत सकियो
जो पनि मुस्कानकै पछि लाग्ने रहेछन् थाहा भयो
मेरोपनि जोसुकैमाथि विश्वास गर्ने लत सकियो।
मुक्तक -:२
के थाहा ढुङ्गाको पिडा उभो हेर्दै लत्याइ हिंड्नेलाई
भुइँकै हो भुइँमै बस् भनि मुख बङ्ग्याइ हिंड्नेलाई
धर्ती छोडेर उचाइमा पुगेपनि तलै झर्नुपर्छ एकदिन
भन्ने के थाहा घमण्डले विवेक सिध्याइ हिंड्नेलाई।
मुक्तक -:३
उजेली रात छ तरपनि अचेल मलाई अँध्यारो लाग्छ
किन किन जिन्दगी आजभोलि निकै अप्ठ्यारो लाग्छ
एक्लो महसुस हुन थालेको छ मान्छेहरूको भिड पनि
बरू सबै देखी टाढा भएको एकान्त औधी प्यारो लाग्छ।
मुक्तक -:४
झिमिक्कै नगरी कयौं रातहरू बिहान भएछ
अनिदा आँखाका निम्ति आँसु सिरान भएछ
मैले घडाभरि आँसु चढाएपछि अनायास नै
मलाई घाउ लाउने ढुङ्गो पनि भगवान भएछ।
विराटनगर




















