कविता :-जीवन

------'



फूलहरू सङ्गै गए घाट सम्म

चितामा साथी बनेर 

उ आफैं गयो अन्त्येष्टिमा

अरूको काँध माथि चढेर 

भिडामभिड  मानिसहरूछन 

तेती ठूलो औकात छ 

छैन भन्ने केही छैन 

तर पनि मर्यो उ.... 


एकनास मेरो मनले सम्झिरह्यो

आखिर मानिस मर्दो रहेछ

उसले यो सम्झ्यो सम्झेन होला

उसले यो बुझ्यो बुझेन होला... 


बेहिसाब  खैनी माड्दै 

एउटा मलामी बोल्यो...

यस्तै हो जीन्दगी आखिर  सबैको

लोभ र घमन्डले खुसी गुमाउँछ  मान्छे...

      --इस्प्रन