भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ
- कार्तिक १५, २०८३
- ६७ पटक पढिएको
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट घाइते भएका दाइको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०८३ साल कात्तिक ११ गते सामान्य विवादका क्रममा अन्दाजी ६० वर्षीय शम्बर बहादुर तामाङले आफ्नै दाइ ६२ वर्षीय राना बहादुर तामाङलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएका उनको उपचारकै क्रममा कात्तिक १४ गते दिउँसो ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न शम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















