विराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक हवल्दारबाट प्राविधिक प्रहरी हवल्दार तथा प्राविधिक प्रहरी जवानबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्तिक १२ गते आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख एवं कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले पदोन्नति भएका कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै नयाँ जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न निर्देशन दिए।

कार्यक्रममा प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी कार्यालय गणका प्रमुख प्रहरी उपरीक्षक मानबहादुर राईलगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।