राष्ट्रसेवक सहकारीको साहित्य सिर्जना र संवादको ८१औँ शृङ्खला सम्पन्न
- कार्तिक १४, २०८३
- ४३ पटक पढिएको
विराटनगर ।विराटनगर ९ अवस्थी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालन हुँदै आएको ‘साहित्य सिर्जना र संवाद’ मासिक कार्यक्रमको ८१औँ शृङ्खला सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि तथा उपन्यासकार सीमा आभास प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कवि तुलसीनारायण अधिकारी अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा सहभागी कविहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । रचना वाचनसँगै साहित्यिक सिर्जना र अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा यस महिनाको चिट्ठा पुरस्कार बाबुराम पोखरेलले प्राप्त गरेका थिए ।
त्यसैगरी, विराट साहित्य संगमलाई सहयोगस्वरूप भवानीप्रसाद पोखरेलले ल्यापटप हस्तान्तरण गरेका थिए।
कार्यक्रमको सञ्चालन गोपाल निर्भीकले गरेका थिए ।





















