गैरीमा खेत रोपाइँ  आज माल्दाजु आएर ।

खनीमा खाेस्री तयार गर्छन् डबली साएर।

जेठको मैना राखेको बिउ  हुर्कदै आएछ।

हलक्क बढी रमित लाग्ने  ब्याडैमा भएछ।

(१)

याे हाम्रा बाको अधेरी खेत काबेली कुलाेले ।

सिचाई गरि आँठा  अँचिला  खनेर  कुटाेले ।

दुईमाना छरी दुई मुरी अन्न भूमिको कमाल ।

हामीलाई पाल्ने एधर्ती माता तिमीनै समाल ।

(२)  होरे हो हो....

हल्गोरु जाेत अम्मरे दाइ बाउसे आउँदै  ।

माथिहै बाट रोपार झर्छन् असारे गाउँदै  ।

रिमिर झिमी पानी लाई परे घुमैले छेलौंला ।

सिम्लेको खेत असार जेठ हिलाेमा खेलौंला ।

(३)

छोटोमा  छोटो  फरियाँ  लाई धान् राेप्न झरेकि ।

हातमा आँसी दुई चुल्ठी बाटी चिटिक्क परेकि ।

असार पन्द्र दही च्यूरा खाने  आलिमा  बसेर ।

ती साइँली आमा बेँसीमा झरिन् कम्मर कसेर ।

(४)हो रे हो हो.....

असार मैना  रोपेकाे धान मार्गमा काटौंला ।

साईँली सँग  खेतला जाँदै लगन गाँसौंला ।

ए  ठूली दिदी छिटोमा गरि घरमा  जाउँला ।

साझको बेला उकालो बाटो फर्केर आउँला ।

(५) 

        शारदा कार्की 

        विराटनगर