प्रकृति
राम्री छे
सार्है गुणवान् छे।
प्रेम
त्यागी छ
समर्पणमा रमाउछ।
जीवन
उक्षृन्खल र उजण्ड छ
सबैसँग घुलमिल गर्छ ।
प्रेम, प्रकृति र जीवन
एउटा सम्बन्ध
त्रिकोणात्मक सम्बन्ध।
प्रकृति
खुल्ला हृदयकि छे
सबैलाई समाइ राखु भन्छे
दुबै सङ रमाउछे
दुबैको रोजाइमा पर्छे
दुबैको इक्षा पूरा गर्छे।
जीवन
अलिकती कप्टी छ
आफ्नो स्वार्थ पहिले हेर्छ
तरपनी मिलन सार छ
दुबैको प्रिय छ।
प्रेम
आफैमा रमाइ बस्छ
घमण्डि झै लाग्छ
अनि बरमबार
उसमाथी औंला ठहरिन्छ
तर सबैलाई माफ गर्छ।
तिनको सम्बन्ध
बडो सरल जस्तो लाग्छ
खुल्ला जस्तो देखिन्छ
तर
बडो रहस्यमा जेलिएको छ।
प्रेम
सदैब खुशी बाडे पनि
सधै सुख दिए पनि
भित्र भित्र कतै
पीडा गाडी रहेको हुन्छ।
जीवन
सबैसङ सबैलाई
मिलेर मिलाएर
बसे पनि
आफ्नो समयको टुङो नभएको ले
सन्काको चक्र सदैब
उस्को ओरिपरी घुमिरहेको हुन्छ।
प्रकृति
आफ्नो बिशालतामा
आफ्नो सौन्दर्यतामा
जति पनि आकर्षण गरे पनि
उ नारी न हो
चित्त नबुझ्दा
रिसाइ दिन्छ
सम्बन्धहरु तहस नहस
पारी दिन्छ।
प्रेम,प्रकृति र जीवन
एक समुन्द्र
सतहमा साधारण छाल
गर्भमा
ठूलो हलचल ।
प्रेम प्रधान
विराटनगर




















