असम मक्बुज अबतर बहर

२१२२ १२१२ २२

स्वर्गझैँ रम्य बागबानी होस् 

एक पलपल त्यहाँ रुमानी होस् 

दुःख हरदम बुझी दिने सबको

राज्यको सार राजधानी होस् 

दोष दिन्छौ सधैँ अरूलाई 

ज्यानमारा को हो किटानी होस् 

भन्दछन् सम्झिँदै बुढापाका 

एकनासे सदा जवानी होस् 

द्वार हामीले बुद्धिको खोलौ

रिस अहङ्कार जति खरानी होस् 

भूपाल अधिकारी