विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तीजको अवसरमा टपरी बुन्ने प्रतियोगिता र नृत्य प्रतियोगिता हस्तनिर्मित सामग्री प्रदर्शनीसहित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप,प्रमुख शिल्पा निराला कार्कीले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।सोही अवसरमा आफ्नो मन्तव्य राख्दै महिला उद्यमीको सीप र प्रतिभा अभिव्यक्त हुने खालका कार्यक्रमले आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने बताएकि थिइन्।

टपरी बुन्ने प्रतियोगितामा नृत्य प्रस्तुत हुनका साथै निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।  शुभकामना आदान–प्रदान मात्र नभएर सिपमुलक प्रतियोगिता दुना टपरी नृत्यमा प्रितिक्षी  निरौला प्रथम, अनिता खनाल दाहाल द्वितीय, निता श्रेष्ठ तृतीयशर्मिला श्रेष्ठ तथा उषा भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।   विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथी शिल्पा निरला कार्कीले हस्तान्त्रण गरिन् ।यस अवसरमा अपांगता भएका महिला लेटाङकी महिलालाई धूप, फिनेल, हार्पिक र हेन्डवास बनाउने तालिमसमेत प्रदान गरिएको थियो ।

समितिकी अध्यक्ष अमृता भण्डारी, महासंघ मोरङ अध्यक्ष चेतन निरौला लगायतले यस्ता सीपमूलक गतिविधिले महिला उद्यमशीलतालाई अबल बनाउन योगदान पुर्‍याउने बताए।कार्यक्रमको संचालन भने सुनिता छाराहाङ्को रहेको थियो।