चोट दिई गयौ तिमी पीडा दिइ गयौ 

हेर्दा हेर्दै पराईको  अँगालोमा भयौ।

माया  गर्न  जानिन  कि मैले 

आफ्नो भन्न सकिन कि मैले

।। SS ।।...........................।। SS ।। 

अलिकति मेरो गल्ती अलिकति तिम्रो पनि

सकेन छौँ बुझ्न हामीले दुबैको गल्ती  भनि

बुझेपछि  ढिला  भयो पराई भयो मन

छुटेपछि थाहा भयो बल्ल आफ्नोपन

माया  गर्न  जानिन  कि मैले 

आफ्नो भन्न सकिन कि मैले

।। SS ।।..........................।। SS ।। 

बिताएको  माया  गर्दै  हामीले कैयौँ रात

बिर्सेउ होला देउरालीको प्रेमिल भेटघाट

सबै अतित भए याद मात्र बाँकी रह्यो

सम्झनाले छातीभित्र  घाउ दुखिरह्यो

माया  गर्न  जानिन  कि मैले 

आफ्नो भन्न सकिन कि मैले

।। SS ।।..........................।। SS ।। 

हाम्रै चोखो प्रीतमाथि लागे बैरी आँखा

हाम्रै प्रेम सम्झिएर रुन्छन् डाँडा पाखा

माया प्रेमको आधार सबै मरिगयो

शिरको फूल हेर ओइली झरी गयो

माया  गर्न  जानिन  कि मैले 

आफ्नो भन्न सकिन कि मैले


 नवशिला।बेलबारी - २,नवदेव मार्ग, लालभित्ती, मोरङ।