विराटनगर। रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा अलपत्र परेका छन् । स्याफ्रुवेशी र टिमुरेको बिचमा सड्क अवरुद्ध हुँदा तीर्थयात्रीहरु धुन्चेतर्फ आउनबाट रोकिएका हुन् ।
५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशीहरू टिमुरेमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ




















