यो जिन्दगी हो तिम्रै माया मारेर के भो!
तिम्रै नयन हुँ प्यारा एक्लै पारेर के भो!
आफ्नै बनाऊ भन्दा हर्दम टारेर हिंड्यौ
सागर समान अश्रु व्यर्थै झारेर के भो।।
के अर्थ हुन्छ जितको मैदान खाली भेट्दा
जित होस् सदैव तिम्रो मैले हारेर के भो।।
टर्छन् हरेक बाधा हिम्मत नहार्दा सम्म
मोड्यौ सफर अचानक यात्रा टारेर के भो।।
सुन्दैछु आजभोलि तिम्रै बजारु चर्चा
फेरिन्छ दुःखको पल घरजम सारेर के भो।।
लक्ष्मीप्रसाद फुयाल




















