विराटनगर। २५ किलो गाँजासहित प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षीय मोहम्मद इर्साद रहेका छन्।
बिआर३८क्यू ५६८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई धनपालथान गाउँपालिका-२ अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।




















