के गर्ने, के नगर्ने, चढ्दो कलीमा चेत हराइसक्यो
प्लास्टिक-अतिक्रमणले जब्दीको बेत हराइसक्यो
चीनमा बाढी, भारतमा पाकिस्तानी प्रत्याक्रमण
मानचित्रबाट हाम्रो पुर्ख्यौली घरखेत हराइसक्यो
जिन्दगी आरामले बितिरहेको सुखको बगाइमा
एक्कासि खसेको पहाडले नदीको रेत हराइसक्यो
आहार, आचार अस्वस्थ भएमा, यात्रा पीडादायी
रोगको निर्ममताले पारिवारिक उचेत हराइसक्यो
के गर्ने, के नगर्ने, चढ्दो कलीमा चेत हराइसक्यो
प्लास्टिक-अतिक्रमणले जब्दीको बेत हराइसक्यो ।
ईरानराई
पाटन स्वा.वि.प्र., जावलाखेल




















