विराटनगर।विराटनगर मोरङ र सुनसरीका सुन व्यवसायीहरूले नेपाल सरकारको अव्यवहारिक कर नीतिको विरोध गर्दै आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना दिएका छन् । नेपाल सुन,चाँदी व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष शशिभुषण साह, नेपाल सुन,चाँदी व्यवसायी संघ उर्लाबारीका अध्यक्ष अशोक धिमाल, नेपाल सुन,चाँदी व्यवसायी संघ सुन्दरहरैंचाका महासचिव विवेक न्यौपाने, नेपाल सुन,चाँदी व्यवसायी संघ लेटाङका उपाध्यक्ष रुद्र घिमिरेले, नेपाल सुन,चाँदी व्यवसायी संघ इनरुवाका सचिव अमृत सोनी धर्ना सभालाई सम्बोधन गर्दै सरकारले माँग पुरा नगरेसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताएका छन्।