विराटनगर।नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ। विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको छ।


हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गरेका हुन्।


निर्माण पक्षका अनुसार चर्चित कलाकारहरू तथा सफल निर्देशकद्वारा निर्माण भएको यो चलचित्र भाद्र ६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउँने बताएका छन्।


विराटनगरसँगै कोशी प्रदेशका प्रमुख शहरहरू इटहरी, धरान, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक गरिएको थियो। विराटनगरको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कलाकार नाट्यकर्मी भरत गुरागाई रहेका थिए।भने साहित्यकार पत्रकार कलाकार सविना श्रेष्ठ, चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


पोस्टर सार्वजनिक कार्यक्रमको व्यवस्थापन चलचित्र पत्रकार संघ कोशी प्रदेशकी कोषाध्यक्ष रश्मि थापाले गरेकी थिइन् भने समन्वय चलचित्र पत्रकार संघ मोरङले गरेको थियो।



Messenger_creation_14C2CD0B-921C-4012-A434-09EFB95099CB

Messenger_creation_D0E5472E-094D-49CC-97AD-83AF8C8173BB