आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती तथा चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सबको अवसरमा चारु प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभुषित गर्ने निर्णय गरेको छ। जस अनुसार
१. अमृता पुरी स्मृति पुरस्कार - सञ्जना शर्मा , दाङ , नेपाल
२. इन्दुबाल देवी स्मृति पुरस्कार र चारु स्वर्णिम पदक - पीएस यादव ´अजनवी` , नोएडा, भारत
३. पद्म भागीरथा स्मृति सम्मान - ममता मृदुल, काठमाडौं र दुर्गा क्षेत्री , नवलपरासी , नेपाल (संयुक्त )- समालोचना र सिर्जनाका लागि)
४. रेखा भट्टराई स्मृति चारु सम्मान (उत्कृष्ट चारु सिर्जनाका लागि ) - रवि श्रेष्ठ, बुटवल
५. गोपाल निर्भीक , विराटनगर - कृष्णसेन इच्छुक स्मृति चारु सम्मान ( साहित्य साधनाका लागि)
६.जनार्दन अधिकारी धड्कन , काठमाडौं - टेक नारायण यमकला पन्थी स्मृति चारु सम्मान र चारु प्रवीण पदक
७. नागेन्द्र यादव , दाङ-दुर्गासिं नेम्वाङ स्मृति चारु सम्मान र चारु प्रवीण पदक
८. प्रविन जोशी, सम्पादक प्रकाशक शृङ्खला मासिक , भक्तपुर - नर- देवी स्मृति चारु सम्मान
९. शंकर खरेल , सम्पादक प्रकाशक न्यू सृष्टि दैनिक , विराटनगर- नरप्रसाद खरेल स्मृति चारु सम्मान
१०. प्रेम थापा , जैमिनी साहित्यिक मञ्च , बाग्लुङ - श्री नारायणप्रसाद आचार्य जलद चारु सम्मान
११. पवनकुमार बुढाथोकी, काठमाडौं - श्री गणेशप्रसाद छत्रकुमारी रिजाल चारु सम्मान र चारु प्रवीण पदक
प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थीका अनुसार यी सबै पुरस्कार असार २८ गते शनिबार एक विशेष समरोहको आयोजना गरेर विराटनगरमा वितरण गरिने भएको छ। समारोहमा नेपाल र भारतका विशिस्ट साहित्यकार आमन्त्रित हुने छन् ।




















