विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । 

६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमति ४५ वर्षीया मञ्जु गिरी, अन्दाजी १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाई सपन गिरीको हत्या भएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बेल बहादुर र मञ्जुसहित एकै घरभित्र एकै परिवारभित्रका चारजनाको हत्या भएको जानकारी दिएका छन् ।