एमालेले कार्वाहीको सिफारिस गरेका वडाध्यक्षलाई मेयर साम्पाङले गरे सम्मान
- असार २२, २०८२
- ३०२ पटक पढिएको
विराटनगर । मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन–४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टोलीले चाहिँ शनिबार सम्मान गरेको छ ।
धरान–१७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्यक्ष राईलाई मेयरसहितको टोलीले सम्मान गरेको हो ।
२०७९ को स्थानीय चुनावमा एमालेबाट चुनाव जितेका राईलाई एमालेले भने कार्वाहीको सिफारिस गर्दै पदबाट हटाउन जिल्लामा सिफारिस गरेको छ ।



















