विराटनगर । मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन–४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टोलीले चाहिँ शनिबार सम्मान गरेको छ । 

धरान–१७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्यक्ष राईलाई मेयरसहितको टोलीले सम्मान गरेको हो । 

२०७९ को स्थानीय चुनावमा एमालेबाट चुनाव जितेका राईलाई एमालेले भने कार्वाहीको सिफारिस गर्दै पदबाट हटाउन जिल्लामा सिफारिस गरेको छ ।