विराटनगर।तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको विमोचन गरिएको छ । २०८२ असोज १ गते विश्वको ५० भन्दा बढी देशमा एकै पटक मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रमको शुभारम्भ हुनेछ । र एकै दिनमा समापन हुनेछ ।
तेरापंथ युवक परिषद् विराटनगरले असोज १ गते विराटनगरको ५ स्थानमा एकै दिन आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विमोचन गरेका छन् ।




















