विराटनगर।मोरङ । गणेश रसिकको सम्झनामा विराटनगरमा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमालेको कला साहित्य विभाग कोसी प्रदेशको आयोजनामा उक्त स्मृति सभा सम्पन्न भएको हो ।
एभरेस्ट इङ्ग्लिस स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा विमल वैद्य र भूराज राईले गणेश रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा चर्चा गरेका थिए । पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, जन सांस्कृतिक महासङ्घ नेपालका पूर्व अध्यक्ष प्रेमनाथ अधिकारी, नेकपा समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे लगायतका व्यक्तित्वहरूले दिवङ्गत स्रष्टा रसिकलाई सम्झिएका थिए ।
भरत गुरागाईँ बरबरिक, प्रयाग न्यौपाने, प्रिन्स प्रमोद ढकालको रचनावाचन रहेको उक्त कार्यक्रममा स्वर सङ्गीतालयका कलाकारहरूद्वारा ‘मलाई प्यारो लाग्छ’, ‘घरबेटी नानी’ बोलका रसिकका गीत गाइएका थिए ।
कार्यक्रममा मधु पोखरेल, रामबाबु दाहाल, बाबुराम पोखरेल, केशु विरही, भवानीप्रसाद पोखरेल, नवराज पोखरेल ‘नवशिला’, रोहिणी रसिकलगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कला साहित्य विभाग कोसी प्रदेशका अध्यक्ष खेम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कविता केशरीको रहेको थियो ।




















