विराटनगर।  विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विराटनगरमा आयोजना गर्न लागेको उप–प्रमुख तथा उपाध्यक्षहरूको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आइपुगेकी हुन् । 

पूर्व राष्ट्रपति भण्डारीले शुक्रबार विराटनगर स्थित विरेन्द्र सभागृहमा उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगर स्थित बिग होटेलमा बसिरहेकी पूर्वराष्ट्रपति भण्डारी एमालेका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेकी छिन् ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जेठ २३ र २४ गते अर्थात् शुक्रबार र शनिबार विराटनगरमा चल्ने राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन नेपाल अधिराज्य भरीका २ सय भन्दा बढी स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरू विराटनगर आउने टुङ्गो लागेको जानकारी दिए। दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च गर्दैछ ।  जस मध्ये कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।