मोरङको झोराहाटमा जेष्ठ १९ गते देखि  मिनी महोत्सव शुरु  हुने भएको छ।

मोरङको ग्रामथान गाउँपालिका  वडा नं. २ झोराहाटमा रहेको दुर्गा आधारभूत विधालय को आयोजनामा जेष्ठ १९ देखि  असार ५ गते सम्म मिनी महोत्सवको आयोजना हुने भएको छ । महोत्सवको बारेमा शुक्रबार बिधालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।

 महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकार लगायत स्थानीय जातजातिका गित, संगीत ,सास्कृतिकको बेजोड प्रस्तुती रहने आयोजक ले जनाएको छ। महोत्सवमा सांगीतिक कार्यक्रम हेर्नका लागि प्रत्येक दिन बेलुका ५ बजे देखि सुरुहुने र प्रवेश शुल्क राष्ट्रियकलाकारको प्रस्तुतिको दिन सहयोगार्थ स्वरुप रु १०० / लाग्ने र अरुबेला प्रवेश शुल्क न लाग्ने आयोजकले जनाए।

मिनी महोत्सवमा स्थानीय जातजातिका परिकार, मनोरञ्जनका लागि रोटे पिगं ,  लगायत खेल सामग्रीहरू, स्कुलहरुका लागि बिज्ञान पर्दर्शनि समेत रहने भएको छ । उक्त महोत्सवको उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद माननीय अमन लाल मोदीको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन हुने छ।