काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी नेपाल प्रहरीकी पहिलो महिला सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नेपाल प्रहरीको झण्डा बोकी सगरमाथाको चुचुरोमा पुगेकी शेर्पालाई संगठनको गौरव बढाएको भन्दै प्रहरी उच्च नेतृत्वद्वारा विशेष सम्मान गरिएको हो। मंगलबार सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फहराएकी शेर्पालाई नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापासहितका उच्च प्रहरी अधिकारीहरूले विमानस्थलमै स्वागत गरेका थिए।




















