विराटनगर।वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रम बाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सुनसरीको इटहरीमा आज सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, इश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।