विराटनगर।कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद केदार कार्कीले विराटनगरको सीमावर्ती क्षेत्र हुँदै रातिको समयमा ट्रकका ट्रक अवैध सामान नेपाल भित्रियाइने गरेको गम्भीर आरोप लगाएका छन्। उनले आफूले प्रत्यक्ष रूपमा यस्तो दृश्य देखेको दाबी गर्दै बुधबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कार्कीले सीमामा दिनभर सर्वसाधारणको झोला खोतलखातल गरिए पनि राति भने ठूला ट्रकहरू सजिलै नेपाल प्रवेश गर्ने गरेको उल्लेख गरे।

‘दिउँसो दुई किलो चिनी ल्याउनेको झोला खोलेर जाँच हुन्छ, तर राति ट्रक–ट्रक सामान भित्रिन्छ।प्रहरी आफैँले टर्च बालेर गाडी पास गराइरहेका हुन्छन्।

गृहमन्त्री रमेश लेखकले हालै विराटनगरमा तस्करी बढेको भन्दै सुरक्षा निकायलाई निर्देशन दिएपछि सीमामा देखिएको कडाइ प्रति पनि कार्कीले प्रश्न उठाउँदै सीमामा सामान्य नागरिकलाई दुःख दिने देखावटी कडाइ मात्र गरिएको हो। जबकि ठूला तस्करहरू सत्ता र शक्तिसँग मिलेर कारोबार गरिरहेका छन्।

उनले व्यंग्य सैलिले सेटारो हान्दै प्रदेश सरकार संघीय सरकारसँग लडेर अधिकार स्थापित गर्ने दिशामा सक्रिय हुनुपर्ने धारणा राखे। ‘के हामी प्रदेशमा तलब बुझ्न मात्र आएका हौं? उनले प्रश्न थियो।

उनले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा संघीय गृह मन्त्रालयका सचिवलाई अध्यक्ष बनाइएकोप्रति असन्तोष जनाउँदै स्मरण गराए।त्यसैगरी विपद् व्यवस्थापनसम्बन्धी बजेट वितरण कुन आधारमा र कसको आवश्यकताअनुसार गरिएको भन्नेबारे स्पष्ट जवाफ सरकारसँग माग गरेका छन्।