भारत।मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजेटिभ बिरामीको मृत्यु भएको छ।

मृत्यु हुने कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरूले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। उनीहरू थप कोभिड सङ्क्रमित समेत  थिए ।

यसैबिच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्यान्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहे छ। यी देशहरूमा नयाँ केसहरूको सङ्ख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो सङ्ख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।