विराटनगर।तनहुँ ,पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका,४ गोरेचौतारा नजिक मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ अनुसार बस र टिपर ठोक्किँदा सात जना घाइते भएका हुन् ।
रुकुम,पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिपर ठोक्किँदा बसमा सवार ६ जना र टिपर चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताएका छन्।थप विवरण आउन बाकी छ।




















