विराटनगर । कोशी प्रदेश सभाका चारजना सांसदहरू सवार गाडी दुर्घटना भएको छ । 

झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू सवार बिएई १४०६ नम्बरको गाडी र बा ५ च ३५२० नम्बरको अर्को गाडी ठोक्किएर दुर्घटना भएको जानकारी दिएको छ । 

दुर्घटनामा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ घाइते भएका छन् । 

उनीहरू सोमबार अपरान्ह ३ बजे प्रदेश सभामा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकोले बैठकमा सहभागी हुन झापाबाट विराटनगर आउने क्रममा दुर्घटना भएको हो। थप विवरण आउन बाँकी छ ।