विराटनगर।मोरङको कटहरी गाउँपालिका–४ स्थित क्वालिटी केम साबुन फ्याक्ट्रीमा मेसिनले च्यापिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति रतुवामाई नगरपालिका–५ गोविन्दपुर स्थायी ठेगाना भएका अन्दाजी ३५–४० वर्ष उमेरका भीम राजवँशी रहेको प्रहरीले जनाएको छ।