:
म प्यासी हुँ जस्तै नदीकाे किनारा
तिमी त्यही नदीको बगेको जलधारा
हाे खुल्ला म आकाश सूर्य नि मै हूँ
तिमी रातमा ती चम्किने सितारा
म काेप्चे सुकेको गरा हूँ धराकाे
तिमी त्यै धराकी हरियो पिठारा
म ईस्वर भाकेर सधै सत्य बाेल्छु
तिमीनै हाै मेराे जिउने सहारा
छ लाखौं करोडौं प्रिन्सका झमेला
तिमी त्यो झमेलाकी हाै है निप्टारा
प्रिन्स-प्रमाेद कुमार ढकाल
विराटनगर -१०




















