धनकुटामा बस दुर्घटना : एकको मृत्यु, १३ जना घाइते
- वैशाख २२, २०८२
- २३८ पटक पढिएको
धनकुटा।धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु बाहक बस सोमबार बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने १३ जना घाइते भएका छन् ।
को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनकुटा बजारबाट करिब ३ किलोमीटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिक–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएको छ । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ११ः ४५ बजे मृत्यु भएको हो ।अन्य घाइतेहरुको उपचार भइरहेको छ।



















