विराटनगर।कोशी प्रदेश लगानी सम्मेलनमा शुक्रवार समूहगत छलफल भएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनको दोस्रो अर्थात अन्तिम दिन शुक्रवार विराटनगरको बिग होटेल र रत्ना होटेलमा स्वदेशी र विदेशी सहित गैर आवासीय नेपाली लगानी कर्ता र विज्ञ विच लगानी भित्र्याउने विषयमा समूहगत छलफल भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका मन्त्री, मुख्य सचिव देखि सचिव, निजी क्षेत्रका पदाधिकारी र विज्ञ विच लगानी भित्र्याउने सम्भावित क्षेत्रको बारेमा छलफल गरेका थिए ।
कोशी प्रदेश सरकारले पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आइटी सेवा स्वास्थ्य क्षेत्र सहित ८ वटा क्षेत्रका १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ७१ वटा परियोजनालाई सोकेसिङ गरेर लगानी सम्मेलनमा लगेका हुन् ।
लगानी सम्मेलनको समापन समारोह विराटनगरको विरेन्द्र सभागृहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई साक्षी राखेर स्वदेशी तथा विदेशी लगानी कर्ताले लगानी गर्न चाहने क्षेत्रका साझेदारसँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।




















