बुद्धको देश-आन्दोलनकारीको देश
एकताको देश-बाईसे चीबिसे राज्यहरूको देश
कृषि प्रधान देश-बिऊ बिजन नभएको देश
ब्यापारीहरुको देश-बिचौलियाहरुको देश
लोकतान्त्रिक देश- भ्रष्टचारीको देश
सर्व सम्पन्न देश-मागन्तेहरुको देश
प्राकृतिक सौन्दर्यको देश-वातावरण दुषित देश
साझा फुलबारीको देश - माली नै मालीहरुको देश
संघिय गणतन्त्रको देश- बाईसे, चौबीसै राजाहरु भएको देश
कलकारखाना नभएको देश-बेरोजगारीहरुको देश
युवाहरु नभएको देश- रेमिटेन्सले चलेको देश
अस्थिरताको देश-योग्यता बिहिनले चलाएको देश
सरकारी स्कुल धेरै भएको देश-बिद्यार्थी प्राईभेट बोर्डिङ स्कुल बढी भएको देश
बिदेशीको दास बनेको देश-आत्मनिर्भर नभएको देश
सरकार परिवर्तन भईरहने देश-ब्यापारीले चलाएको देश
अन्तर्राष्ट्रिय विमानस्थल धेरै भएको देश-तर एउटै मात्र प्रयोगमा आई ब्यस्त भएको देश
मन्दिरै मन्दिरको देश-नक्कली मुर्तिहरुको देश
प्राकृतिक प्रकोपको देश-लुटेराहरुको देश
संबैधानिक देश-कार्यान्वयन नहुने देश
बहुदलवादीको देश-अस्थिरताको देश
कानुनी राज्यको देश-न्याय मरेको देश
प्रजातान्त्रिक देश-प्रजा भन्दा बढी नेता भएको देश
यहि हो मेरो देश!!!
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"
पनौती न.पा.-३,काभ्रे




















