फुलु प्रधान 


बेलका नगरपालिका उदयपुर,  मिति २०८१/१२/१६ गते साँझ अन्दाजी १७:०० बजेको समयमा जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं ६  स्थित असारे जंगलको मुर्तिखोला किनारमा    लुकाई छिपाई राखेको जम्मा ८९१ के.जी. ४२३ ग्राम अवैध लागुऔषध गाँजा  विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प रामपुर उदयपुरबाट वेश क्याम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेश चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको छ। बरामद गरिएको उक्त गाँजा आवश्यक कानूनी कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाई नष्ट गरिने भन्ने बुझिएको छ।