• प्रेम श्रेष्ठ

विराटनगर। महेन्द्र चौकमा डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्दै विराटनगर आइपुगेको छ।  पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्दै आएका हुन्।  राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि यो पुस्तक देशभर बेच्दै आएका छन्। भने बेरोजगारी घटाएर सो रोजगार बनाउने  उद्देश्यले यो अभियान राखेको बताएका छन्।देशभरिनै बेच्दै आएको यो पुस्तक विराटनगरमा पनि समाजसेवि युवाहरुले सघाएका छन्।