विराटनगर ।चर्चित समालोचक तथा लोकप्रिय कवि हरि कट्टेललाई साहित्य कला सङ्गम झापाले भवानी मिश्र पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ ।यही चैत्र ११ गते संस्थाद्वारा सार्वजनिक विज्ञप्तिमा सो कुरा उल्लेख छ ।विज्ञप्तिका अनुसार पुरस्कारको राशी रू ३५०००को रहनेछ भने पुरस्कारका साथमा सम्मानपत्र र स्मृति चिन्ह पनि समर्पण गरिनेछ ।सो पुरस्कारद्वारा पुरस्कृत अन्य स्रष्टाहरू वरिष्ठ सङ्गीतकार टीका भण्डारी गायक बुलु मुकारुङ पनि रहेका छन् ।पुरस्कार चैत्र ३० गते एक भव्य समारोहको अायोजना गरि वितरण गरिने भएको हो । हरि कट्टेल नेपाली कविता र समालोचनाका क्षेत्रमा स्थापित वरिष्ठ साहित्यकार हुन् ।उनका "माधवअानी खण्डकाव्य "अनावृत अाकृति "कविता सङ्ग्रह अादि निकै चर्चित छन् भने हालसालै प्रकाशित "दीप्तदृष्टि" लोकप्रिय बनेको छ । विभिन्न साहित्यिक तथा प्राज्ञिक संघ संस्थाहरूमा अावद्ध कवि कट्टेल प्राज्ञिक व्यक्तित्व पनि हुन् ।२०४४ सालको कलिलो उमेरदेखिनै कृति प्रकाशन गर्न थालेका कट्टेलले डेढ दर्जन जति मान सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।




















