विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी हुँदा माथिल्लो तलामा फसेकाहरु मध्ये ७ जनाको उद्दार गरिएको छ ।
घाइते भएका केहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिंदैछ ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौं तलामा बुधबार विहान साढे ९ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन अहिलेसम्म १० वटा दमकल परिचालन भइसकेका छन् ।
तर माथिल्लो तलामा आगलागी भएका कारण नियन्त्रणमा लिन कठिनाई भइरहेको जनाइएको छ । छैटौं र सातौं तलामा रहेका मानिसहरू भवनको माथि फसेका छन ।




















