विराटनगर -प्रेस चौतारीको १०औं महाधिवेशनमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को रुवावासी भएको छ। एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारि नेपालको विराटनगरमा सम्पन्न १०औं महाधिवेशनमा रुवावासी चलेको हो ।
महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेश राई सहित उनका समूहका उम्मेदवारहरूले उम्मेदवारी नै दर्ता गराउन नसक्दा एमाले भित्र लोकतान्त्रिक प्रक्रिया खतम भइसकेको निष्कर्ष निकाल्दै रुवावासी गरेर असन्तुष्टि जनाए थिए।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकट संस्थापन पक्षधर नेताहरूलाई ठाडो निर्देशन दिँदै पार्टीको केन्द्रीय कमिटीले अनुमोदन गरेको नामावली अनुसार नेतृत्व चयन गर्न आदेस दिएको थियो।
चौतारीको महाधिवेशन गराउने जिम्मेवारी पाएका नेताहरूले अध्यक्षका उम्मेदवार राजेश राई र उनको समूहलाई उम्मेदवारी नै दर्ता गर्न दिएन । उम्मेदवारी दर्ता गर्न नपाएपछि अध्यक्षका उम्मेदवार राजेश राई र उनका समूह रुवावासी गर्दै महाधिवेशन स्थलबाट बाहिरिएका थिए।
राजेश राईले रुवावासीमा उत्रिएका समर्थकहरूको आँसु पुच्छदै पछि आफै रुवावासीमा उत्रिए र विराटनगरको महाधिवेशन स्थलबाट बाहिरिए । चौतारीको महाधिवेशनमा चलेको रुवावासीको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ ।