विराटनगर,नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार 700 रुपैयाँ कायम भएको हो ।
यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।भने त्यसपछि घटबढ भइरहेको सुनको मूल्य बिजय राठिले बताएका छन् । अहिले उच्चबिन्दुमा पुगेको छ। उनले भने यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ।




















