मुक्तक:-१
छिमेकी गतिलो नहुँदा सकस पर्छ याद गरौँ
नचाहिने कुरामा सधैं बहस पर्छ याद गरौँ
आफूले घर छाडेर कतै टाढा गएपनि हजुर
घरमा कतै बिगार्यो कि खस्खस पर्छ याद गरौ
मुक्तक:-२
एक्लै अमृत फल्दैन् नारी बिना
घरको चुल्हो जल्दैन नारी बिना
नारी पुरुष बराबर हुन् याद गरौं
साँच्चै संसार चल्दैन नारी बिना!!
मुक्तक:-३
रस खोज्न गएको मौरी फूलमा घुमेर मरी
बिष होकि अमृत छुट्याउन नसक्दा सुँघेर मरी
आखिरमा लोभले लाभ,लाभले बिलाप भने झैँ
चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी!!
मुक्तक:-४
कुरै नबुझी जागेर कहाँ हुन्छ
बिना काममा मागेर कहाँ हुन्छ
पहिला बुझ वास्तविकतालाई
अरुको पछि लागेर कहाँ हुन्छ?




















