विराटनगर ,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । आज धरानमा   शिक्षासदन स्कुलको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको सुधार गरेर अघि बढेमा शैक्षिक सुधार हुने  बताए अहिले नै निजी विद्यालयहरू बन्द गर्न सम्भव नभएको उल्लेख गर्दै त्यतातिर लाग्न नहुने बताए।उनले भने केही मानिसहरुको आवाज निजी विद्यालय बन्द गर्नुपर्ने रहे पनि नेपालको कानुन र संविधानसम्मत ढंगले चलेका विद्यालय चल्न दिनुपर्ने बताएका हुन् । अहिले  नै हामीले आवेगमा निजी विद्यालय बन्द गर्ने  भावनामा  बग्यो भने त्यो राज्यले थाम्न नसक्ने बताउँदै उनले भने, हामी हाम्रा विद्यालयहरुलाई नै सुधार गर्न लागौँ।,

मुख्यमन्त्री कार्कीले निजी विद्यालयहरूले हालको शिक्षामा ३० प्रतिशतभन्दा बढी लगानी गरिरहेको चर्चा गर्दै  विद्यालयभन्दा राम्रो शैक्षिक गुणस्तर प्रदान गरिरहेको बताएका हुन् ।

सरकारले सरकारी विद्यालयहरूको सुधारका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले विद्यालय भवन निर्माण, पाठ्यपुस्तक उपलब्धता, शिक्षक तलब तथा छात्रवृत्तिजस्ता क्षेत्रमा व्यापक खर्च भइरहेको जानकारी दिएका हुन् । विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो जिम्मेवारी सही रूपमा जिम्मेवारी निर्वाह गर्न सकेमा सरकारी विद्यालय पनि निजी विद्यालयभन्दा कम नहुने  धारणा राखेका छन् ।

यसै अवसरमा मुख्यमन्त्री कार्कीले धरानको प्रमुख समस्या पानी रहेको उल्लेख गर्दै प्रदेश सरकार यसको समाधानमा प्रतिबद्ध रहेको जानकारी दिए।  गत वर्ष चारवटा डिप बोरिङ निर्माण गरिएकाले केही सहज भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

कार्यक्रममा जेहेन्दार, दलित तथा प्रथम भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।